प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित ४ जना पक्राउ

२०७९-०५-०७

  • A
  • A-
  • A+
Share

दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं. ५  उद्योगवाणिज्य टोल स्थित अल बहादुर बाँठाको पुरै घर जिल्ला सल्यान शारदा नगरपालिका वडा नं. ११ खैरावाङ घर भएका दिपेश कृष्ण बुढाथोकीले भाडामा लिई निजले जिल्ला दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं. ६ घर भएका जनक बुढाथोकीलाई कोठा भाडामा दिएकोमा सोही कोठामा अबैध लागूऔषध ट्रामाडोलको कारोवार भई राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सोही कोठामा निम्न मानिसहरु समेत कोठा भित्र बसी लागूऔषध ट्रामाडोल कारोवार गरी राखेको अवस्थामा फेला पारी उक्त कोठा तथा निजहरुको शरिर रित पुर्वक खानतलासी गर्दा काठको टेबुलको घर्रामा लुकाएर राखिएको कालो प्लाष्टिकमा राखिएको २५२(२५२x१०=२५२०) पत्ता र प्रयोग गरि बाँकी रहेको ८ वटा ट्यावलेट गरी जम्मा २५२८ ट्यावलेट, निजहरुले लागूऔषध ट्रामाडोल र एक थान चक्कु समेत बरामद गरी लागूऔषध कारोवार गर्ने चार जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको

                                                         निम्न :-

१. जिल्ला दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं. ६ गाईडर बस्ने बर्ष २४ को जनक बुढाथोकी ।

२. ऐ.ऐ.वडा नं. १ भमके बस्ने बर्ष २८ को बसन्त साहुँ भन्ने भिम बहादुर वि.क.।

३. ऐ.ऐ. बस्ने बर्ष २६ को मिलन वि.क.भन्ने चुर्ण बहादुर वि.क.।

४. जिल्ला दाङ बबई गाउँपालिका वडा नं. ५ हापुरे बस्ने बर्ष २२ को बसन्त रिजाल भन्ने हिरालाल पंगाली ।

सम्बन्धित समाचार
नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton), २०८१ निरीक्षण सम्पन्न
२०८१-०५-३१

नेपाल प्रहरीको सेवा प्रभावकारिताको मूल्याङ्कन गर्न तथा साङ्गठनिक सुधारका प्रयासहरूमा असल अभ्यास सहित पृष्ठपोषण गर्ने उद्देश्य अनुरूप सञ्चालन गरिएको “नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton), २०८१” को कार्यतालिका बमोजिम आज मिति २०८१ भदौ ३१ गते केन्द्रीय कार्य दक्षता मूल्याङ्कन समितिका संयोजक एवम् राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाण्डौका कार्यकारी निर्देशक श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी ज्यू सहितको निरीक्षण टोलीद्वारा यस कार्यालयको भौतिक पूर्वाधारहरूको अवस्था एवम् संरचना निर्माण, उपलब्ध साधनस्रोतहरूको व्यवस्थापन र सदुपयोग, लुम्बिनी प्रदेशको शान्ति सुरक्षा र अपराध अनुसन्धानको अवस्था, यस कार्यालयबाट भए गरेका सिर्जनशील एवम् रचनात्मक कार्यहरूका साथै सम्पूर्ण शाखाहरूबाट सम्पादित कार्यहरू, सेवा प्रवाहको अवस्था र अभिलेख व्यवस्थापन समेतका विषयमा अनुगमन मूल्याङ्कन कार्य सम्पन्न भएको छ । निरीक्षणका क्रममा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेर कडायत ज्यूले लुम्बिनी प्रदेश प्रहरीको समग्र वस्तुस्थिति बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो । कार्यक्रममा मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी ज्यूबाट यस कार्यालय तथा लुम्बिनी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म दाङमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरीमा कार्य दक्षता मूल्याङ्कन (Police Baton) को महत्त्व र यसले प्रहरी सङ्गठनको सेवा प्रवाह तथा कार्य क्षमता अभिवृद्धि र साङ्गठनिक सुधारका विभिन्न क्षेत्रमा परेको सकारात्मक प्रभावको उल्लेख गर्दै समसामयिक विषयवस्तुमा निर्देशन सम्बोधन गर्नु भएको थियो । सोही अवसरमा यस लुम्बिनी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक कुवेर कडायत ज्यूले प्रमुख अतिथिज्यूलाई मायाको चिनो प्रदान गरी मूल्याङ्कन समितिले दिईएका महत्त्वपूर्ण सुझाव तथा निर्देशनहरूको अक्षरंश पालना गर्न प्रतिवद्धता सहितको धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।  

अवैध लागूऔषधसहित मानिस पक्राउ
२०८१-०४-२७

दाङ, घोराही उपमहानगरपालिका-१० नारायणपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ४० मिलिग्राम, नगद ४ हजार ८ सय ३० रूपैयाँ र मोबाइल १ थान सहित सोही उपमहानगरपालिका-१० सर्वेश्वरी टोल बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुर र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको संयुक्त टोलीले ती किशोरलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१७ पिपरहियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ ग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी प्रतापपुर गाउँपालिका-५ बसहिया बस्ने ४० वर्षीय अनिल कुमार कुर्मी र ५४ वर्षीय फेकु पासी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा रूपन्देही र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त टोलीले युपि ५७ एच ८६६१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।