सामग्रीमा जानुहोस्

वेद उप्रेती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वेद उप्रेती
वेद उप्रेती
जन्मकैलाली, नेपाल
राष्ट्रियतानेपाली
पेशालेखक, फोटोग्राफर, पाइलट

क्याप्टेन वेद उप्रेती बि. सं. २०२० सालमा कैलाली जिल्लामा जन्मनुभएका उप्रेतीको पेशाले विमान चालक हुन्। बाल्यकालमा उनलाई इन्जिनियर बन्ने चाहना थियो। उनी लेखक, फोटोग्राफी र उड्डयन संग्रहालय बनाउने ब्यक्तिका रूपमा पनि चिनिन्छन्।[]

वाल्यकाल

उड्डयन करियर

उप्रेतीले नेपाली सेनामा पाइलटको रुपका आफ्नो उड्डयन करियर शुरू गरेका थिए। उनले १२ वर्ष नेपाली सेनामा पाइलटकै रुपमा काम गरेर बिताए। त्यस पछि उनी बि. सं. २०५२ मा नेकोन एयरमा जागिरे भए। नेकोन एयर आठ वर्ष उडेपछि बन्द हुन पग्यो र उनीसँगै उक्त एयरका सबै बेरोजगार पाइलट भारतको एयर डेकन एयरलाइन्समा काम गर्न पुगेका थिए। त्यसपछि उनले भारतकै पाँचतारे किंगफिसर एयरलाइन्समा आठ वर्ष इन्स्ट्रक्टर पाइलटका रुपमा काम गरेकास थिए। सन् २०१२ मा उक्त एयरलाइन्स पनि बन्द भएपछि सोही समयदेखि नै उप्रेतीले इन्डोनेसियाको लायन एयरमा ‘इन्स्ट्रक्टर’, ‘सिमिनेटर इन्स्ट्रक्टर’, ‘एक्जामिनर’, ‘सिआर र ग्राउन्ड इन्सट्रक्टर’का रुपमा काम गरि सकेका छन्।


कृतिहरू

  • १. एभरेस्ट फ्रम द एअर
  • २. नेपाल फ्रम द स्काई
  • ३. अन्नपूर्ण सर्किट फ्रम द वाइल्ड आईभ्यू
  • ४. ३६० एभरेस्ट फ्रम वाइल्ड आईभ्यू
  • ५. फारवेस्ट नेपालः इमेजिङ्ग अ रिमोट वन्डरल्यान्ड []

यो पनिहेर्नुहोस्


सन्दर्भहरु

बाह्य कडीहरू