लामो कालखण्डदेखि नेपाल भ्रष्टाचारको मारमा परेको छ । राणा शासन होस् या पञ्चायत अनि संसदीय व्यवस्था होस् या लोकतन्त्र, हाम्रा शासकहरुको मूलभूत उद्देश्य राज्यकोष लुट्नुमै केन्द्रित रहेको छ । तिनका अपराधकर्महरु सार्वजनिक नभएका होइनन्, तर पनि तिनीहरुले विरलै सजाय पाएका छन् । सम्बद्ध निकायहरुले पनि भ्रष्टलाई कारबाही गर्नुको सट्टा व्यक्तिविशेषलाई सिध्याउन मात्र भ्रष्टाचारलाई औजार बनाएका अनेक उदाहरण छन् । त्यस्ता घटनालाई तथ्यसहित उजागर गर्ने प्रयास हो यो पुस्तक । अढाई दशकदेखि पत्रकारितामा संलग्न हरिबहादुर थापा मूलतः राजनीतिक, आर्थिक र सामाजिक विकृतिविरूद्ध सार्थक कलम चलाउने गर्छन् । उनका भ्रष्टाचारको शल्यक्रिया, विदेशी सहायताका विसङ्गति, राजनीतिक दाउपेचभित्र कर्मचारीतन्त्र र दलीय द्वन्द्व तथा अङ्ग्रेजीमा एनाटोमी अफ करप्सन जस्ता कृति प्रकाशित छन् । कान्तिपुर दैनिकका समाचार सम्पादक थापा संसदीय मामिला पत्रकार समाजका पूर्वअध्यक्षसमेत हुन् ।
दरबारबाट सुरु गरेर न्यायलयसम्मको भ्रष्टाचार सामेल गर्न खोजियको यस किताबमा राजा देखी रैति सम्म सबैको केही न केही भ्रष्ट आचारण समाबेश भयको छ। ज्ञानेन्द्रले दरबारको खर्च बढायको र दरबारका व्यक्तीहरुले देशका धेरै प्रायोजनाहरुमा एकलौटी सेयर राखेको कुराहरु नयाँ लाग्यो। तत्कालिन राजा ज्ञानेन्द्रले भ्रष्टाचार नियन्त्रण शाही आयोग गठन गरेर राजनीतिक दलका व्यक्तिहरु माथि रिस पोख्ने काम गरेको कुरा पछी सम्म नै केही न केही माध्यमबाट रिस पोख्ने थालो अख्तियार या त न्यायलय भयको देखिन्छ। शाही आयोगलाई गैरसंबैधानिक घोषणा गर्ने क्रममा न्यायधिशहरु जागिर जाने र ज्यान नै धरापमा पर्ने सम्म पिरमा रहेछन। न्यायलय आँफै डराउन पर्ने अवस्था राजा हुँदा मात्र नभयर अहिले सम्मा नै लागु छ।
राज्यको ढुकुटी रित्याउने खेलमा देशका जानियका मानियका व्यक्तिहरुको सन्लग्नता रहदै आयको कुरा किताबले प्रस्ट्याउँछ। बिदेशी चलखेल र त्यसमा राजनीतिक उच्च अहोदाका व्यक्तीहरु देखी उच्च अहोदाका कर्मचारीहरु पनि कती सम्म संलग्न छन भन्ने बुझ्न सकिन्छ। भारत पञ्चायत काल देखी अहिले सम्म नै भ्रष्टाचार गरेको रकम लुकाउने थालो बनेको रहेछ।
मोहन बैध्यले माओवादीका उच्च पदस्त व्यक्तीहरुलाई लग��यको आरोप, एमालेले खेलेको भ्रष्टाचार न्युनिकरणको नाटक, भिम रावलले गाडी त्रिशुलिमा बगाइदिन्छु भनेको बिवादास्पद तर्क, पूर्व राजाको पानीजहाज कम्पनी, मुर्ती तस्करी, बाख्रा काण्ड, साँसद किनबेच जस्ता साना देखी ठुला भ्रष्टाचारका मुद्दाहरु उठाइयको छ।
व्यक्तिहरुमा लोकामना सिंह कार्की, गोविन्दराज जोशी, बिनोद चौधरी, खुम बहादुर खड्का, जयप्रकाश गुप्ता लगायतलाई भ्रष्ट घोषणा भयपछी पनि पार्टीले या नेत्रित्वले स्विकार्नु के हो भनेर प्रस्टै बुझ्न सकिन्छ। यो भन्दा खतरानाक हुने रहेछ भ्रष्ट आचरण नभयका व्यक्तिहरुलाई पनि भ्रष्टहरुले केही न केही बहनामा फसाउदाको बेला। पैसा भयपछी भ्रष्ट नै भयपनी आफ्नो बदला लिनको लागि स्वच्छ व्यक्तिहरुलाई पनि फसाइयको धेरै ईतिहास देख्न सकिन्छ। आफु अनुकुल नभय जस्लाई पनि महाअभियोग लगाउने काम अत्यन्त निन्दनिय छ।
किताबले समग्रमा पैसा भयको व्यक्ती ठुलो हो चाहे त्यो पैसा भ्रष्टाचार गरेरै किन नआयको होस् भन्ने कुरा प्रस्ट पारेको छ। अदालतले भ्रष्ट घोषणा गरेपछी फरार भयका व्यक्तीसँग सम्बन्ध गास्ने र प्रहरीले खोजिरहेको मान्छे सँग बसेर देशका उच्च पदस्त व्यक्तिहरुले ठुला भोजमा सहभागि हुने कामले यो कुरालाई केही हद सम्म सार्थक बनाउछ।
किताबमा धेरै कुराहरु छुटेको या त नसमेटियको हो कि जस्तो लाग्छ, लेखकले अदालतको निर्णयलाई आधार बनाएर लेखकेका तर्कहरु ठीक भयपनी लेखनमा अझै केही तर्क थप गर्न पर्ने जस्तो मलाई लाग्यो। कती प्रकरण या काण्डहरुमा पाठकले खोजेको तथ्य नै समाबेश नभयको जस्तो महसुस भयो। समग्रमा यस किताबलाई नेपाली भ्रष्टाचारको ईतिहास जान्ने एक दस्ताबेजको रुपमा भने हेर्न सकिन्छ।