प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
Latest Updates
चारित्रिक प्रमाणपत्र

नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।

सम्पर्क जानकारी

कार्यालय प्रमुख

प्र.ना.म.नि. कुबेर कडायत

ईमेल: [email protected]

कार्यालय सम्पर्क नम्बर:

082-523410

  • ड्राइभिङ सेन्टरबाट १० लाख रूपैयाँ नगद चोरी
    २०८१-०५-०७

    दाङ, ६ भदौतुलसीपुर उपमहानगरपालिका-६ घोराही रोड बस्ने बलराम डाँगीको बागेश्वरी ड्राईभिङ ट्रेनिङ सेन्टरबाट नगद १० लाख रूपैयाँ र मोटरसाइकलको चावी १ थान बिहीबार चोरी भएको छ ।  ट्रेनिङ सेन्टरको अफिस कोठाको ढोकाको चुकुल फोडी उक्त नगद चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।  

    [ विस्तृतमा ]
  • हातहतियार सहित तीन जना पक्राउ
    २०८१-०४-२७

    दाङ, २७ साउन             राजपुर गाउँपालिका-४ फोहरा बस्ने २२ वर्षीय ईच्ढा कुमार रैदासलाई भरूवा बन्दुक १ थान सहित गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चङगुवाबाट खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित बनशक्ति सामुदायिक वनमा शिकार खेल्न जाँदै गरेको अवस्थामा उक्त बन्दुक सहित पक्राउ गरेको हो । यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका-४ ठुलाखालीस्थित गादिबरा सामुदायिक वनबाट भरूवा बन्दुक १ थान र सोही बन्दुकको गोली २१ राउण्ड छर्रा सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका-४ सुनवलपुर बस्ने ३६ वर्षीय टंक थापा र २९ वर्षीय युबराज गिरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट गोठिखोलाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

    [ विस्तृतमा ]
  • सवारी दुर्घटनामा परी मानिसको मृत्यु
    २०८१-०४-२७

    बाँके, बैजनाथ गाउँपालिका-५ जि गाँउ चोकमा भे.१ क २०६२ नम्बरको ट्रकले बा.प्र.०३-००५ प २०५५ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सुर्खेत भेरीगंगा नगरपालिका-९ घर भई प्रहरी चौकी कपुरकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    [ विस्तृतमा ]
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८१-०४-१५ प्रहरी सहायक निरीक्षक (जनपद) पदको लिखित परीक्षाको नतिजा तथा विशेष स्वास्थ्य परीक्षण तालिका प्रकाशन सम्बन्धी सूचना (२०८१-०४-१५)
२०८१-०१-०७ प्रहरी सहायक हवल्दारहरुको सरुवा सम्बन्धमा । (२०८१।०१।०७)
२०८१-०१-०६ प्रहरी बरिष्ठ हवल्दारहरुको सरुवा सम्बन्धमा । (२०८१।०१।०६)
२०८१-०१-०६ प्रहरी हवल्दारहरुको सरुवा सम्बन्धमा । (२०८१।०१।०६)
२०८०-१२-२२ प्रहरी जवान (जनपद) पदको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरीक तन्दुरुस्ती परीक्षाको तालिका प्रकाशन सम्बन्धी सूचना । (२०८०-१२-२२)
२०८०-१२-२२ प्रहरी कार्यालय सहयोगी पदको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरीक तन्दुरुस्ती परीक्षाको तालिका प्रकाशन सम्बन्धी सूचना । (२०८०-१२-२२)
प्रकाशित मिति शीर्षक कार्यहरु
२०८०-०८-०५ करार सेवा (स्टाफ नर्स पद) उम्मेदवारहरुको दरखास्त आव्हानको सूचना (२०८०-०८-०५)
२०८०-०७-१७ प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूह तर्फ रिक्त प्रा.प्र.नि., प्रा.प्र.ना.नि. र प्रा.प्र.स.नि. पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८०-०७-१७)
२०८०-०७-०३ जनपद प्रहरी समूह तर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०८०।०७।०३)
२०८०-०७-०३ प्रहरी सहायक निरीक्षक (जनपद) पदको दरखास्त फाराम
२०७८-१२-०१ स्थानिय तह निर्वाचन २०७९ को लागि म्यादी प्रहरी भर्ना सम्वन्धी सूचना । (२०७८।१२।१)
२०७८-०८-१० प्रहरी निरीक्षक (जनपद), प्रहरी जवान (जनपद) र प्रहरी कार्यालय सहयोगी पदहरुको विज्ञापन प्रकाशन सम्बन्धी सूचना (२०७८-०८-१०)
हाईलाईटहरु
लुम्बिनी प्रदेश प्रहरी
सामाजिक सञ्जालमा

विभिन्न सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीसँग सम्बन्धित ताजा समाचार, सूचना र घटनाहरूको साथ सुचित रहनुहोस्।

Facebook Page

प्रहरी अनुरोध कार्यक्रम "प्रहरी स‌ंवाद"
रेडियो कार्यक्रम

नेपाल प्रहरी मोबाईल एप्स

Google Play र Apple app store मा उपलव्ध छ ।