सामग्रीमा जानुहोस्

विकिपिडिया:लेखन शैली/प्रमुख अनुच्छेद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(अन्तर) ← पुरानो संशोधन • हालको पुनरावलोकन (अन्तर) • नयाँ संशोधन → (अन्तर)
पृष्ठ छोटकरीमा: प्रमुख अनुच्छेदले शिर्षकको बारे बताउनुपर्छ, लेखको अन्य भागलाई छोटो रुपमा बयान गर्नुपर्छ ।


लेखको प्रथम भाग, प्रथम अनुच्छेद, परिचय वा लिड सेक्सेन विकिपीडिया भएका लेखहरूको सुरुमा लेखिने अनुच्छेद वा अन्य उप-शिर्षकहरूभन्दा माथि हुने भाग हो । यसले लेखमा भएको सम्पुर्ण कुराहरूलाई छोटकरीमा बताउँछ र मुख्य कुराको जानकारी दिन्छ ।

शिर्षकको बारेमा बताउने, शिर्षक किन महत्त्वपूर्ण छ, लेखको अन्य भागमा भएका विषयलाई बताउनु प्रमुख अनुच्छेदको काम हो; विवादित विषयमा भने तटस्थ रहेर नै लेखिनुपर्छ । भरपर्दो स्रोत (विकिपीडिया भन्दा बाहिर प्रकाशित) बाट प्रमुख अनुच्छेद प्रमाणित भएकै हुनुपर्छ । लेखका अन्य भागमा विषयको विस्तृत विवरण दिइएको छैन भने त्यस विषयलाई प्रमुख अनुच्छेदमा ल्याइनु हुदैँन ।

लेखको प्रमुख अनुच्छेद बाट नै लेखको जानकारी अध्ययनकर्तालाई होस् । अध्ययनकर्तालाई लेखको अन्य भाग पढ्न केन्द्रित गराउनु प्रमुख अनुच्छेदको उद्देश्य होइन । प्रमुख अनुच्छेदलाई चार अनुच्छेद भन्दा बढीमा टुक्रयाउनु हुदैँन ।

प्रमुख अनुच्छेद वस्तु

प्रमुख अनुच्छेदको सुरुवात भन्दा 'स्पष्टता' लिङ्क वा अन्य यस्तै ढाँचाहरू रहनेछन् ।

  • स्पष्टताका लागि ढाँचा
  • पृष्ठ मेटाइनकालागि ढाँचा
  • जानकारी बाकस वा अङ्ग्रेजीमा इन्फोबक्स
  • अनुवाद गर्न आग्रह सहितको ढाँचा; नेपाली भन्दा अनावश्यक शब्द भएमा
  • चित्र
  • जानकारीमुलक वाक्यहरू जस्ले प्रमुख अनुच्छेद बनाउँछन् ।

(ढाँचाहरूका लागि प्रबन्धकहरूसँग सम्पर्क राख्न अनुरोध गरिन्छ ।)

प्रमाणिकरण

लेखको प्रमुख अनुच्छेदलाई पनि विश्वासनिय स्रोतहरूबाट उल्लेख गरिएको हुनुपर्छ । सामान्यतया लेखको अन्य भागमा नै स्रोतहरू खुलाइएका हुनाले प्रथम अनुच्छेदमा धेरै भन्दा धेरै स्रोत जोड्नु आवश्यक रहन्न तर लेखको प्रकार अनुसार सम्पादकहरूको सहमतिमा के कसरी वा कति मात्रामा स्रोत जोड्ने आदि कुरा मिलाउन सकिन्छ । जटिल, हालैका वा विवादित विषयहरूका लेखमा भने कतिपय सन्दर्भमा धेरै स्रोत खुलाउनु आवश्यक हुन जान्छ ।

कसैको भनाई उद्धृत गर्दा, जीवित व्यक्तिका लेखहरूमा र अन्य विश्वासै गर्न गाह्रा कुराहरूमा स्रोत खुलाउनै पर्ने हुन्छ ।

अनुच्छेद वाक्य

लेखको सम्पूर्ण विवरण सकेसम्म लेखको पहिलो अनुच्छेदमा दिन खोज्नुहोस् ।

लेखको सम्पूर्ण जानकारी पहिलो भागमा अटाउने प्रयास गर्नुहोस् । लेखको पहिलो अनुच्छेद सारंश होस् वा लेखको छोटो रुप होस् ।

  • लेखमा (अङ्ग्रेजी विकिमा भनिए जस्तो Peacock terms को प्रयोग नगर्नुहोस् । जस्तै: चर्चित, सबैले मन पराएका, दयालु वा अन्य विशेषण शब्दको प्रयोग गर्दै नगर्नुहोस् ।
  • जानकारीमुलक कुराहरू छन् भने सुरुमै नलेख्नुहोस्, ती लेखको अरु भागमा उपयुक्त हुने छन् । बुझ्न जटिल प्रसङ्ग नल्याउनुहोस् ।
  • कुनै कुरा लेखको अन्य भागमा आएकै छैनन् भने प्रथम अनुच्छेदमा ल्याउँदै नल्याउनुहोस् ।

पहिलो वाक्य

  • लेखको शिर्षक नै पहिलो वाक्यको आधार बन्नुपर्छ ।
  • यदि लेख कुनै विषयको सुची हो भने, सर्वनामको प्रयोग नगर्नुहोस्, जस्तै (यो लेख गोरखा जिल्लाको खोलाको सूची हो) भनेर नलेख्नुहोस् । यसको सट्टा गोरखाको खोलाहरू हुन सक्छ ।
  • लेखको स्पष्टताका लागि कोष्ठकको प्रयोग गरि केही लेख्न सकिन्छ तर लेखको पहिलो वाक्यमा कोष्ठकमा भएका शब्द लेखिनु जरुरी हुँदैन ।

जस्तै:

  माधवप्रसाद घिमिरे (साहित्यकार) (जन्म: वि.सं.१९७६ असोज ७ गते) नेपाली कवि र गीतकार...

  माधवप्रसाद घिमिरे (जन्म: वि.सं.१९७६ असोज ७ गते) नेपाली कवि र गीतकार...

  • लेखको पहिलो वाक्य, लेखको शिर्षकको बारेमा बताएकै हुनुपर्छ । सम्पूर्ण जानकारी पहिलो वाक्यमा नै अटाउने प्रयास नगर्नुहोस् ।
  • यदि लेख कुनै काल्पनिक पात्रका बारेमा हो भने उल्लेख गर्नुहोस् ।

अन्य

  • लेखको शिर्षकलाई पहिलो वाक्यमा प्रयोग गर्दा गाढा बनाउनुपर्छ । त्यसमा विकि-लिङक नजोड्नुहोस् । जस्तै: '''[[घर]]''' मानव निर्मित बस्ने...;"घर" भन्ने लेखमा [[घर]] बनाएर सम्पादन नगर्नुहोस् । स्पष्टताका लागि बनाइएका पृष्ठमा यो लागु नहुन सक्छ ।
  • जीवजन्तु: पहिले साधरण नाम लेखिनुपर्छ र ढल्काइएर वैज्ञानिक नाम लेखिनुपर्छ; गाढा बनाउनु हुँदैन ।[]
  • कुनै व्यक्तिको लेख लेखिदाँ व्यक्तिको कार्य क्षेत्रलाई विकि-लिङ्क प्रधान गर्नुहोस् ।[]

जीवित मानिसका जीवनी

जीवित मानिसका लेखहरूमा चाहिने वा नचाहिने जानकारीहरू केलाउनुपर्ने हुन्छ । हालैका घटनाहरूलाई त समावेश गर्नु त आवश्यक हुन जान्छ तर उल्लेखनीय घटनालाई स्थान दिनुहोस् जुन सन्दर्भमा हालैका घटना महत्त्वका नहुन सक्छन् । लेखमा हालैका र पुराना घटनालाई क्रमैसँग मिलाउनुहोस् । जब व्यक्तिको मृत्यु हुन जान्छ तब त्यसलाई प्रमुख अनुच्छेदमा जोडिहाल्नु पर्दैन तर यदि मृत्युको घटना नै असाधारण छ भने मात्र पहिलो अनुच्छेदमा राख्नुहोस् ।

बहुअर्थीय नाम

विकिपीडियाको नियम अनुसार एक नामको एक मात्र लेख हुनुपर्छ । लेखको अन्य जान्न योग्य नाम प्रमुख अनुच्छेदमा नै राखिनुपर्छ । जस्तै एकै नामको लामो वा छोटो रुप, ठाउँको एतिहासिक नाम, प्रख्यात नाम आदि । अन्य नाम लेखको अन्य भागमा राख्न भने नसकिने होइन ।[]

नेपाली भन्दा बाहिरका भाषा

नेपाली भन्दा अरु भाषाका नामबाट नै लेख चर्चित भएको हुन सक्छ । त्यसका लागि अनुच्छेदको पहिलो वाक्यमा अन्य भाषाको नाम जोड्न सकिन्छ । आवश्यक परेको खण्डमा यस बारेमा पहिलो अनुच्छेदमा नै जानकारी दिन सकिन्छ ।

अन्य भाषालाई गाढा नबनाई ढल्काउन सकिन्छ ।[]

ठुटो लेख

लेख सुरुवाती अवस्थामा भएको हुन सक्छ र थप अनुच्छेद नबनेको हुन सक्छ । विकिपीडिया त्यसता अपूर्ण लेकहरूलाई बढाउन प्रोत्साहन गर्छ तर विश्वश्निय स्रोतहरूको अभावबाट लेखिएका निर्ररथक हुन जान्छ । यदि लेखमा ५०० भन्दा बढी शब्दहरू छन् भने लेखलाई टुक्रयाउन सकिन्छ ।

लम्बाइ

प्रमुख अनुच्छेदको लम्बाई लेख अनुसार हुन जान्छ; लेखको प्रमुख अनुच्छेद लामो भए अध्ययनकर्ताको ध्यान हट्न सक्छ र साह्रै छोटो भए चाहिने जानकारी छुटेका हुन सक्छन् ।

  • लेखमा १५००० शब्द वा सो भन्दा बढी भएमा : प्रथम अनुच्छेद १ वा २ भाग बनाउन सकिने
  • १५००० वा ३०००० भएमा २ वा ३ भागमा
  • ३०००० भएमा ३ वा ४ भागमा

जस्तै यस पृष्ठको लिड सेक्सेनमा ३ अनुच्छेद रहेका छन् ।(पृष्ठ छोटकरीमा बाहेक)

(लेखको प्रथम अनुच्छेदलाई नै टुक्रयाइ थप अनुच्छेद ४ वा ४ भन्दा कम अनुच्छेद बनाउने भनिएको हो ।)

प्रमुख अनुच्छेद सम्पादन

लेखको प्रमुख भाग सम्पादन गर्न खोज्दा लेखको सम्पूर्ण भाग सम्पादन गर्ने गरि सम्पादन पृष्ठ खोलिने हुन सक्छ जसका कारण सम्पादन युद्ध (edit conflict) हुन सक्छ । यसका लागि लेखको प्रथम भाग मात्रै सम्पादन गर्ने गरि मिलाउन सकिन्छ ।

  • Special:Preferences → Gadgets → Appearance... "Add an [edit] link for the lead section of a page" (जाभास्क्रिप्ट चाहिने)
  • Special:Preferences → Editing called "Enable section editing by right clicking on section titles" (जाभास्क्रिप्ट चाहिने)

(अन्य उपायका लागि अङ्ग्रेजी विकिको सहायता लिन आग्रह गरिन्छ ।)

सुधार

सम्पादकहरूलाई यस निर्देशनमा भनिए बमोजिम लेखहरू सुधार गर्न अनुरोध गरिन्छ ।

उदाहरण

सन्दर्भ सामग्रीहरू

  1. जीव-जन्तुको वैज्ञानिक नामलाई ढल्काउनुहोस्:

    मुसा (Mus sp.) स्तनधारी तथा साकाहारी जनावर...

  2. व्यक्तिको कार्यक्षेत्रलाई विकि-लिङक दिनुहोस्: जस्तै यहाँ "साहित्यकार"लाई विकि-लिङक प्रधान गरिएको छ ।

    बोधविक्रम अधिकारी(वि.सं १९५१-२००८) नेपाली लोक कथाकार, साहित्यकार...थिए ।

  3. अन्य नामलाई यसरी राख्नुहोस् र गाढा बनाउनुहोस्:

    मित्रसेन थापा मगर (प्रख्यात नाम: मास्टर मित्रसेन, १९४६ अप्रील ६ – १८९५ डिसेम्बर २९) नेपाली सङ्गीतका...

  4. अन्य भाषाको प्रयोग गर्दा नेपाली भन्दा बाहिरका शब्द ढल्काउनुहोस्:

    मिला कुनिज (अंग्रेजी: Milena Markovna "Mila" Kunis, जन्म: अगस्ट १४, १९८३) [१]अमेरिकी अभिनेत्री...

यी पनि हेर्नुहोस्