सामग्रीमा जानुहोस्

इमेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इलेक्ट्रोनिक मेल वा इमेल (email वा e-mail) इन्टरनेटको सबै भन्दा बढी प्रयोग हुने सेवा मध्येको एक हो। यो सेवा प्रयोग गरेर इमेल ठेगाना भएका ब्यक्तिहरू बीच आपसमा विद्युतिय माध्यमबाट पत्राचार गर्न सकिन्छ। यो सेवा हुलाक चिठ्ठि जस्तै हो, तर यसको गति धेरै नै छिटो हुन्छ। यसबाट विद्युतिय रूपमा सन्देशहरू पठाइने हुँदा, भौतिक रूपमा पाउनको लागि मुद्रण गर्नुपर्ने हुन्छ। मुख्यतः सन्देशरू टाइप गरिएका अक्षर, चित्र, श्रवण सामग्री, चलचित्र आदि हुनसक्छन्। यो सेवा धेरै जसो नि:शुल्क हुन्छ। इमेल प्रयोग गर्न कम्प्युटर, इन्टरनेट र इमेल प्रोग्रम चाहिँन्छ। कम्प्युटरको विकल्पमा मोबाइलबाट पनि इमेल सेवा प्रयोग गर्न सकिन्छ।

ईमेल ठेगानाको धेरै रूपहरू रहेका हुन्छन्। सर्वमान्यरूपमा रहेको RFC २८२२ मा इमेल ठेगाना [email protected] जस्तो देखिन्छ। ईमेल संन्देशहरू सामान्यतया साधा पाठ या HTML शैली प्रयोग गरी पठाइन्छ।

वास्तविक पत्राचारमा जस्तै यसमा पनि नचाहिँँदा ईमेलहरू प्राप्त हुनसक्दछन्। इमेलमा यसलाई स्पाम भनिन्छ। ईमेल पठाउन प्रयोग गरिने केही अनुप्रयोगहरूले स्पामलाई चिनेर नष्ट गर्न सक्ने क्षमता रहेको हुन्छ। यसरी छानिएर आएका इमेल मात्रै प्रयोगकर्ताले आफ्रनो इमेल पत्राचार बक्समा पाउन सक्छन।

केही कम्पनीहरूले कुनै टाढाको स्थानमा रहेको वेभसाइट प्रयोग गरेर पनि इमेल पठाउने सुविधा प्रदान गर्दछन। जिमेल, आउटलुक र याहु!आदि यस प्रकारका सुबिधाहरू प्रदान गर्दछन् जसलाई "वेब मेल" भनिन्छ।

अरु पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

  • अनुप्रयोग

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]