गोदावरी (कैलाली)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/2/28/%E0%A4%97%E0%A5%8B%E0%A4%A6%E0%A4%BE%E0%A4%B5%E0%A4%B0%E0%A5%80_%E0%A4%A8%E0%A4%A6%E0%A5%80.jpg/200px-%E0%A4%97%E0%A5%8B%E0%A4%A6%E0%A4%BE%E0%A4%B5%E0%A4%B0%E0%A5%80_%E0%A4%A8%E0%A4%A6%E0%A5%80.jpg)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/1/16/%E0%A4%97%E0%A5%8B%E0%A4%A6%E0%A4%BE%E0%A4%B5%E0%A4%B0%E0%A5%80_%E0%A4%A8%E0%A4%A6%E0%A5%80%E0%A4%95%E0%A5%8B_%E0%A4%9C%E0%A4%B2_%E0%A4%B2%E0%A4%BF%E0%A4%A6%E0%A5%88.jpg/200px-%E0%A4%97%E0%A5%8B%E0%A4%A6%E0%A4%BE%E0%A4%B5%E0%A4%B0%E0%A5%80_%E0%A4%A8%E0%A4%A6%E0%A5%80%E0%A4%95%E0%A5%8B_%E0%A4%9C%E0%A4%B2_%E0%A4%B2%E0%A4%BF%E0%A4%A6%E0%A5%88.jpg)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/c/ce/%E0%A4%97%E0%A5%8B%E0%A4%A6%E0%A4%BE%E0%A4%B5%E0%A4%B0%E0%A5%80_%E0%A4%A8%E0%A4%A6%E0%A5%80%E0%A4%AE%E0%A4%BE_%E0%A4%AD%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%9C%E0%A4%A8%E0%A4%B9%E0%A4%B0%E0%A5%81.jpg/200px-%E0%A4%97%E0%A5%8B%E0%A4%A6%E0%A4%BE%E0%A4%B5%E0%A4%B0%E0%A5%80_%E0%A4%A8%E0%A4%A6%E0%A5%80%E0%A4%AE%E0%A4%BE_%E0%A4%AD%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%9C%E0%A4%A8%E0%A4%B9%E0%A4%B0%E0%A5%81.jpg)
गोदावरी
सुदूरपश्चिममा रहेको एक पमुख धार्मिक तथा पर्यटकीय स्थल हो । यो कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं १ अन्तर्गत रहेको छ । यहाँ शिव मन्दिर, गोदावरी भगवतीको मन्दिर, हनुमानको मुर्ति(४३ फीट अग्लो) तथा अन्य देवी, देवताका मुर्ति र मन्दिरहरु पनि रहेका छन्। प्रत्येक वर्ष मकर संक्रान्तिका दिन गोदावरीमा मेला लाग्ने गर्छ । मेलामा स्वदेश तथा भारतबाट ठुलो संख्यामा भक्तजनहरूको उपस्थिति रहने गर्छ । यस मेलामा बिबाह, ब्रतबन्ध, मीत लगाउने लगायत अन्य धार्मिक कार्यहरु पनि गरिन्छन। गोदावरी हिन्दू धर्मावलम्बी हरुको एक महत्वपूर्ण धार्मिक स्थल हो।
ईतिहास
[सम्पादन गर्नुहोस्]गोदावरीका बिषयमा स्कन्द पुराणको मानस खण्डका अन्तरगत फलादीपर्वत उपख्यानमा गोदावरीको महिमा लेखेको छ । फलादीपर्वत भनेको गोदावरी नजिकै पर्ने फल्टूणे क्षेत्र हो । उहिले यस क्षेत्रलाई फलादीपर्वत भनिन्थ्यो, पछि आएर फलादरि शब्द अपभ्रश भएर फल्टूणे भएको हो भन्ने भनाई छ । गोदावरी क्षेत्रमा दूइ नदी छन भनिएको छ । एक नदी गाईका मुखबाट जो आशुका रूपमा बाहिर आयो । सती देवीका मायाले आएका आशुबाट त्यो नदीको उत्पत्ति भयो । त्यसैले त्यो नदी आशु जस्तै संग्लो छ । दोस्रो नदी सती देवीलाई सम्झेकाबेला गाईका थुनबाट बगेको दुधको धाराबाट उत्पत्ति भयो । यसरि उत्पन्न भएका यी दूई नदीलाई एकको नाम रौप्या र दोस्रोलाई स्वर्णा भनेर पुरणमा लेखिएको छ। पछि यै ठाउँमा भगवान श्रीकृष्णले रौप्या र स्वर्णाको संगममा स्नानगरेर त्यहाँ रहेको स्वर्णा देबीको पूजागरि कलिनिको दर्शन गरेको कुरा पुराणको मानसखण्डमा लेखेको छ। तिनै भगवान श्रीकृष्णले त्यहाँ रहेका सिद्दीकि मौलाई गोदावरीका बिषयमा सोधेपछि सिद्दीकि मौले माथिको चट्टानमा एक ठुलो गुफा रहेको र भगवान शिव आएर त्यहाँ ताण्डब नृत्य गरेको कुरा सुनायो र यै गोदावरी नदीमा स्नान गरेर भगवान भगवन शिवको दर्शनको गरेपछी त्यो साधकपनि ताण्डब नृत्य गर्नमा निपुर्ण भएको कुरा उल्लेख गरेको छ।[१]
कुम्भ दर्शन मेला
[सम्पादन गर्नुहोस्]गोदावरीमा माघ १ गतेदेखि एक महिनासम्म गोदावरी अृमत महास्नान दिव्य शहश्र कुम्भ दर्शन मेला २०७२ सञ्चालन हुने भएको छ |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ चिनारी वर्ष-१ अंक-६