बिभिन्न उपन्यासहरुको भिडमा एउटा पृथक उपन्यास हो नाथिया । निकै मिहिनेतका साथ लेखिएको उपन्यास भनेर बुझ्न पाठकलाई धेरै समस्यामा पर्दैन । हरेक शब्दहरु, लयबिभिन्न उपन्यासहरुको भिडमा एउटा पृथक उपन्यास हो नाथिया । निकै मिहिनेतका साथ लेखिएको उपन्यास भनेर बुझ्न पाठकलाई धेरै समस्यामा पर्दैन । हरेक शब्दहरु, लयहरुले यस उपन्यासलाई जीवन्त तुल्याएको छ र त यस भित्रका हरेक शब्द. घटनाहरुले पाठकलाई हरदम बांधिरहन्छ; उम्किन खोज्छु भन्दा भन्दै पनि निरिह बन्छ पाठक । उम्किन सक्दैन । उपन्यास वादी महिलाहरुको जीवन भोगाई, बुझाई संग सम्बन्धित छ ।वादी समुदायको उत्थान, विकासक्रम, ऐतिहासिक पृष्ठभूमि बारे यथेष्ट जानकारी पस्किन यस उपन्यास सफल भएको छ । यस मार्फत पनि उपन्यासकारको मेहिनेत, पाठक र पात्र प्रतिको इमान्दारिता झल्किन्छ ।
मुख्य पात्रको रुपमा “सामली” मार्फत उपन्यासले वादी माहिलाको बारे मात्र बोलेको कहिल्यै लाग्दैन । उपन्यासले समग्र महिलाको जीवन भोगाई, महिला माथिको सामाजिक सोचको प्रतिनिधित्व गर्छ । भर्खर छोरी भएर जन्मेकी समाली, किशोरी सामली, इच्छा बिपरित बाध्यता र परिबन्धको सिकार भएर देह व्यापार गर्नुपर्दाको सामली, कसैको स्वास्नी हुँदाको सामली, आमा हुँदाको सामली, वास्तविक प्रेमको अनुभव पाएर जीवन बुझेकी सामली, आफ्नै धरातल संग बिद्रोह गर्दाको सामली । एक पात्र भित्रका आनेकन पात्र मार्फत जसरी एउटा माहिलाको जीवन भोगाई प्रष्ट संग बुझाएको छ यो उपन्यासले सायद अरु कुनै उपन्यासले यसरी सबैको प्रतिनिधित्व गर्न सक्दो हो ।
उपन्यास यसैमा सकिंदैन । यसले नेपाली समाजाको वास्तविक बस्तु स्थिति बारे पनि पाठकलाई सजग तुल्याएको छ ।वादी समुदायको वस्तीले सिङ्गो देशको प्रतिनिधित्व गर्छ । यहाँ भित्रको अभाव, अशिक्षा, बन्चितिकरण, विभेद, गरिबी, बाध्यता, देखाउने र चपाउने दाँतको भित्री रहस्य, मुखमा राम राम र बगलीमा छुरा बोक्नेहरुको वास्तविक कथा यस उपन्यासले बोकेको छ र यी सबै बिरुद्ध लड्न आवश्यक कठोर मन, त्याग सहितको क्रान्तिको बिगुल फुकेको छ । बिभिन्न पात्र, तिनका व्यबहार, कथा मार्फत हाम्रो अवस्था उजागर गर्छ उपन्यासले ।
उपन्यासले प्रेम बुझाउँछ । उपन्यासले प्रेम भित्रको राजनीति बुझाउँछ । प्रेमको प्राकृतिक र कृतिम आवरण बिचको भिन्नता बुझाउँछ उपन्यासले । विवाह र प्रेमको फरक फरक धार पहिल्याउंछ उपन्यासले । कतै दार्शनिक भावमा, कतै आध्यात्मिक लयमा, कतै एक सामान्य मानिसको सामान्य बिचार मार्फत समग्र जीवन र यसका बिभिन्न आयामहरू बुझाउने प्रयास गर्छ यस उपन्यासले ।जसरी उपन्यासले जीवनका बिभिन्न अभयव संग सम्बन्धित गहिरो अर्थ प्रदान गर्छ त्यसले अवश्य पनि पाठकलाई तानिरहन्छ र पछी सम्म पनि झक्झकाइरहनेछ ।
उपन्यासले मानिस भित्र विद्यामान यौन मनोविज्ञानलाई पनि प्रतिनिधित्व गरेको लाग्छ । मानिस भित्रको यौन कुण्ठा सहितका अनेकन कुण्ठाहरुले जन्माउने फरक ब्यबहार, सोच, अवस्थाबारे पनि उपन्यासले सोच्न र बुझ्न सिकाएको लाग्छ । समग्रमा हेर्दा नाथिया एउटा बिन्दु बाट बग्न शुरु गरेर बहुआयामिक धारहरु अंगालेर अन्त्यमा गहिरो समुद्रमा परिणत हुने एउटा नदि जस्तै छ । जसरी नदीले आफ्ना हरेक किनाराहरुको कहानी बोकेको हुन्छ , नाथियाले पनि आफु संग सम्बन्धित सबै कहानीहरु बोकेको छ । हरेक पात्रहरुको जीवन्त तस्विर प्रस्तुत गरेको छ । हरेक भावना, सोच, घटनाहरुको जीवन्त तस्विर प्रस्तुत गरेको छ । यो उपन्यासको लागि उपन्यासकारलाई धेरै धेरै धन्यावाद ।।...more
सपना त सबैले देख्छन । धेरैले, धेरै थरिका सपना देख्छन । तर सबै संग देखेका सपना पुरा गर्ने अठोट, आँट र दृढ संकल्प हुँदैन । संसारमा केहि व्यक्तिहरु हुन्छ सपना त सबैले देख्छन । धेरैले, धेरै थरिका सपना देख्छन । तर सबै संग देखेका सपना पुरा गर्ने अठोट, आँट र दृढ संकल्प हुँदैन । संसारमा केहि व्यक्तिहरु हुन्छन जसले आफुले देखेको सपनालाई सार्थक तुल्याउन कुनै कसर बाँकी छोड्दैनन र अनेक बाधा, अवरोधका बाबजुद पनि आफ्नो सपना पुरा गरेर नै छोड्छन; पुष्कर शाह तिनै व्यक्तिहरु मध्येका एक हुन् ।
"संसारलाई साढे पांच फन्को" पढ्ने जो कोहि पनि उनले देखाएको अदम्य साहस, अठोट देखेर नतमस्तक हुन्छ र उनको यो यात्राको प्रशंसा नगरी रहन सक्दैन ।नेपालको दोलखाको एउटा दुर्गम गाउँ देखि संसारका बिभिन्न ठाउँहरु हुँदै सगरमाथाको चुचुरो सम्मको यात्रा समेटिएको यो किताब सबैले एक चोटी पढ्नै पर्ने किताबहरु मध्येको एक हो । जीवनको ११ बर्ष बिताएर संसार घुमेको "साइकले विद्यार्थी"ले घुमेको विश्व, देखेको विश्व, बुझेको विश्व र संसार घुम्दै गर्दा बुझेको जीवनलाई एकचोटी संसारकै कुनै एउटा कुनामा बसेर अक्षरहरु मार्फत पानाहरु पल्टाउँदै जान्न पनि यो किताब पढ्नै पर्छ । जन्मिने हरेकले आफ्नो जीवनमा संसार पुरै घुम्न सक्दैनन । संसार घुम्न अझै कयौं जीवनहरुको खाँचो पर्ल्ला तर एक सय पचास राष्ट्र आफ्नो साइकलमा गुड्दै जसरी पुष्कर शाहले यो संसारको साढे पांच फन्को मार्ने गरी दुरी पहिल्याए, यति सम्मको सफलता हासिल गर्न पनि हामी मध्ये धेरैले यहि जीवनकालमा सक्दैनौं तसर्थ आफु पुग्न नसके पनि संसारलाई पानाहरु र त्यहाँ दौडिएका अक्षरहरु मार्फत नियाल्न पनि यो किताब पढ्नै पर्छ ।
किताब पढ्दै जाने क्रममा वास्तविक रुपमा गरिएको यात्रा र किताबमा एउटा शिलशिलामा राखिएको यात्राको क्रम बीच कहींकतै तादम्यता नमिलेको जस्तो पनि लाग्छ । साथै कतिपय अवस्थामा यात्राको बर्णन गर्ने क्रममा केहि प्रसंगहरुको चर्चा भए पनि ति त्यसै अपुरो नै भएको जस्तो भान हुन्छ जसले गर्दा पाठकमा उब्जिएको कौतुहलता त्यसै मर्छ र खल्लो पनि लाग्छ । साथै यात्राको बर्णन गर्दा केहि कुरा अझ थप्न सकिने ठाउँ पनि भेटिन्छ । तर यात्रा आफैमा शब्दमा अटाउने बिषय पनि त होइन । कति कुरा यात्रा गर्नेले मात्र बुझ्न सक्छ जुन शब्दमा बर्णन गर्न नसकिने पनि हुनसक्छ । कति यादहरु यात्रीको मानसपटलमा मात्र सुरक्षित हुँदा मात्र ति पलहरुको महत्व बचाईराख्न सकिने हुन्छ र कति आफैले यात्रा गरे मात्र बुझ्न सकिएला । सायद आफ्नो यात्रालाई किताबमा लिपिबद्ध गर्दा "पुष्कर शाह"लाई यस्तो अवस्था धेरै चोटी आइपरेको हुन सक्छ । यात्रा शब्दमा भन्दा पनि भावना बुझ्ने कुरा हुँदा पाठकले पुष्कर शाहकै ठाउँमा आफुलाई राखेर; शब्दहरुमा डुब्दै, कल्पनामा साइकलसंगै संसार घुम्न निस्किएर, ति बिभिन्न घुम्तीहरुमा वास्तविक यात्राको स्वाद चाखे, रहेका केहि गुनासाहरु पनि आफै हराउंदै जानेछन ।
विश्व शान्तिको संदेश बोकेर शुरु भएको यात्राको क्रममा बिभिन्न युद्धका प्रसंगहरु, मानिसहरुले भोगेको युद्धको चोटहरुको कथा र ठाउँ ठाउँमा मानिसहरुले मानवीयता भुल्दै देखाएको अमानवीय ब्यबहारका प्रसङ्गहरु पढ्दा मन अमिलो हन्छ भने कतै बिभिन्न ठाउँमा बिभिन्न अपरिचित व्यक्तिहरुले देखाएको परिचित ब्यबहार, आफुले दुख गरेर कमाएको रकमले गरेको सहयोग, दिएको मायाको र साइनो प्रसंग पढ्दा भने संसारमा असल मान्छेकोहरु प्रशस्तै छन् भन्ने भावना मनमा जागृत हुन्छ जसले बेला बेलामा पाठकलाई भाबुक बनाउन नि सक्छ ।
हामीलाई केहि चिजले बाँधेको छ भने मानवीय संवेदना , भावना, मानवीयताले नै हो । संसारमा हरेक व्यक्ति असल हुन नै खोज्दो हो तर बिभिन्न परिस्थितिले उसलाई खराब बनाउँदो हो तर जति सुकै कठिन अवस्थामा पनि मानवीय गुण र आफु भित्रको मानवीयतालाई मर्न नदिई आफुलाई बचाईराख्न चाहिं ठुलै त्याग र अठोट चाहिन्छ । हामी फरक छैनौं , प्रकृतिले हामीलाई फरक ब्यबहार गर्दैन । भूगोल, संस्कृति, रहनसहनले हामी फरक देखिएलाऔं तर सबै संस्कृति, धर्मको, सार विश्व शान्ति नै हो , भाइचारा नै । यो सिङ्गो संसार एउटा घर हो र हामी त्यसका परिवार । यो किताबबाट रोमान्चक यात्राको बर्णन संगै हामीले सिक्ने पाठ यहि हो । संसार ठुलो छ र जीवनमा हामीले सिक्नुपर्ने, गर्नुपर्ने कुरा पनि धेरै नै होला । यसको लागि हामीलाई चाहिने भनेकै अनुशासन, दृढ संकल्प र साहस हो ।हार मान्न सजिलो छ तर हरेस नखाई आफुलाई संधै यो जीवन यात्रामा हिडाईराख्न दह्रो मुटु चाहिन्छ र सायद ! जीवनले सार्थकता यहि यात्रा बीच नै भेट्टाउँछ ।
पुष्कर शाहलाई उनले सिकाएको यो पाठको लागि धेरै धेरै धन्यवाद ।।
"जुजुले फेसबुकमा लेख्यो, "पुष्कर शाह संसारको सबैभन्दा खतरनाक माग्ने ! मागेरै संसार जित्यो !"
आदमले सोधेजस्तो संसारमा जूनको आकार कहीँ पनि फरक थिएन । ताराहरुको रङ्ग फरक थिएन । सूर्य कहिल्यै फरक दिशाबाट उदाएन । न त भगवान् बुद्धको अर्कै जून उदायो ! न त अल्लाहको अर्कै सूर्य उदायो ! न त जिससको अर्कै आकाश देखियो ! न त करोडौँ भगवान् भएका हिन्दूहरुको छुट्टै संसार भेटियो ! संसारमा म जहाँ जहाँ पुगेँ, त्यहाँ एउटै सूर्य, एउटै चन्द्रमा र एउटै आकाश देखेँ ।
हरेक आस्थाका मान्छेहरु एकाबिहानै संसारको पहिलो सूर्योदय हुने ठाउँमा गयौँ भने पनि त्यहाँ त्यही एउटै सूर्य उदाउनेछ, जुन मैले संसारका थुप्रै गोलार्द्धमा देखेँ । हरेक आस्था, विचार, रङ्गका मान्छेहरुले उही ताप र उही उज्यालो उही समयमा पाउँछन् । प्रकृतिले हामीलाई कहिल्यै विभाजन गरेको छैन, न त गर्नेछ । संसार एउटा घर हो ! हामी त्यसका परिवार हौँ ! विश्वमा शान्ति फैलिरहोस् " ...more